भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै
nepalviews.com · Fri Nov 06 02:05:14 UTC 2026

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक आज शुक्रबार बस्दैछ। संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समितिको हलमा बिहान साढे ९ बजेका लागि बैठक आह्वान गरिएको छ।
आज बस्ने बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् सञ्चालन गरिएका उद्धार, राहत तथा पुनर्निर्माण र पुनर्स्थापनाका कार्यहरूको पछिल्लो प्रगति विवरणका सम्बन्धमा विस्तृत जानकारी लिने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)