हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
ratopati.com · Fri Nov 06 02:25:42 UTC 2026

वासिङ्टन । अमेरिकामा हालै सम्पन्न मध्यावधि चुनावमा सत्तारुढ रिपब्लिकन पार्टीले क्षति व्यहोरेपछि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोले पद छाड्ने हल्लालाई ह्वाइट हाउसले अस्वीकार गरेको छ।
ट्रम्प प्रशासनमा व्यापक हेरफेर हुन सक्ने अमेरिकी सञ्चारमाध्यमको अनुमानबीच ह्वाइट हाउसको यो भनाइ आएको हो। विशेषगरी ९ महिनादेखि जारी इरान युद्धको व्यवस्थापनलाई लिएर रक्षामन्त्री हेगसेथको चर्को आलोचना भइरहेको छ। यही युद्धका कारण रिपब्लिकन पार्टीले चुनावमा ठूलो हार व्यहोरेको र डेमोक्र्याटहरूले अमेरिकी तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सिनेट) दुवैमा पूर्ण नियन्त्रण कायम गरेको मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)