कपिलवस्तु कारागारमा ३४ वर्षीय कैदीबन्दीको मृत्यु
nepalpress.com · Fri Nov 06 02:24:46 UTC 2026

रुपन्देही । कपिलवस्तुको कारागारका ३४ वर्षीय एक कैदीको मृत्यु भएको छ । कार्तिक १५ गते खाना खाएपछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो ।
उनको मृत्यु ४ दिन अघि भएपनि बिहीवार मात्र मृत्युको खबर बाहिर आएको हो । कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी एक्कासी बेहोस भएपछि उनलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)