युरोपका हवाई उडानलाई लक्षित गरी आइरहेको धम्कीका पछाडि कसको छ हात ?
ratopati.com · Fri Nov 06 02:31:43 UTC 2026

काठमाडौँ । युरोपका विभिन्न देशका विमानस्थल र हवाई उडानलाई लक्षित गरी लगातार धम्की आउने क्रम नरोकिएछि उड्ययन क्षेत्र तरंगित बनेको छ । बिहीबारमात्रै पनि युरोपका कम्तीमा २१ वटा विमान र विभिन्न विमानस्थलमा बम विस्फोट गराउने धम्की दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।
यसरी आइरहेका नक्कली बम धम्कीका पछाडि कसको हात छ भन्नेबारे सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् । घटनामा रुसको संलग्नता हुन सक्ने आशंका गरिए पनि अहिलेसम्म त्यसको कुनै ठोस प्रमाण फेला नपरेको बीबीसीको एक समाचारमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)