मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

kendrabindu.com · Fri Nov 06 02:38:50 UTC 2026

भर्जिनिया । पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूजले उल्लेख गरेको छ ।

भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए । उनको अनुहार र भुइँमा बान्ता थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने कृषि रसायन सेल्फोसको संकेत रहेको भट्टले अदालतमा बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)