ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, दुई घाइते
onlinekhabar.com · Fri Nov 06 02:38:12 UTC 2026

२० कात्तिक, धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को १० प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । उक्त दुर्घटनामा विपरीत दिशाबाट आउँदै गरेको को ३८ प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)