मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

clickmandu.com · Fri Nov 06 02:38:32 UTC 2026

एजेन्सी । दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ । स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार लगातार आठ हप्तासम्म दैनिक ४० ग्राम ओखर सेवन गर्दा मुडमा सुधार देखिएको हो ।

अध्ययनले ओखर सेवनपछि समग्र मानसिक असन्तुलनमा उल्लेख्य कमी आएको देखाएको छ । त्यस्तै, रिस र थकानको स्तर घट्नुका साथै भावनात्मक अवस्थाका कारण बढी खाने बानी तथा खानासँग जोडिएको अपराधबोधका केही पक्षमा पनि सुधार देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)