मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढी प्रभावित चुमनुब्रीमा एक किलो नुनकै मूल्य पर्छ २०० रुपियाँ

corporatenepal.com · Fri Nov 06 02:43:11 UTC 2026

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्मपर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य रु २०० पर्छ । तल्लो क्षेत्रमा रु ३० मा पाइने एक प्याकेट नुन साम्दोसम्म पु¥याउन ढुवानीमै रु १०० खर्च हुने स्थानीय निमा दोर्जेले बताए । “पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै रु १०० पर्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ । त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य रु २०० पुग्छ”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)