मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुमनुब्रीमा नुनको भाउ २०० रुपैयाँ

himalpress.com · Fri Nov 06 02:56:47 UTC 2026

गोरखा- बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्मपर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)