साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
kendrabindu.com · Fri Nov 06 03:06:32 UTC 2026
काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो ।
बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान अहमदको क्रसमा सामित सोमले हेडरमार्फत मिलाएको बललाई इब्राहिमले भली प्रहार गर्दै जाली चुमाएका थिए । त्यही गोल बंगलादेशको जितका लागि निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)