हुम्ला केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
nepalviews.com · Fri Nov 06 03:35:16 UTC 2026

काठमाडौं । हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको छ। बिहानै गएको यस भूकम्पबाट पुगेको क्षति तथा परेको प्रभावको पूर्ण विवरण भने आउन बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)