लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या करीब आठ लाख
kendrabindu.com · Fri Nov 06 03:35:10 UTC 2026

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । सन् २०२६ को अक्टोबरसम्म झण्डै आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
लुम्बिनी विकास कोषले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म सात लाख ९२ हजार १८८ पर्यटक लुम्बिनी आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ५० हजार ६१० ले बढी हो । गत वर्ष अक्टोबरसम्म सात लाख ४१ हजार ५७८ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)