हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
annapurnapost.com · Fri Nov 06 03:30:39 UTC 2026

काठमाडौं : हुम्ला जिल्ला केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
बिहानको समयमा गएको उक्त भूकम्पको धक्का स्थानीय बासिन्दाले सामान्य महसुस गरेका थिए। भूकम्पबाट परेको क्षतिको विवरण भने आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)