सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद
nagariknews.nagariknetwork.com · Fri Nov 06 03:29:52 UTC 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।
भेटका क्रममा मन्त्री बादीले राउटे समुदायका महिला तथा बालबालिकासँग आत्मीय संवाद गर्दै उनीहरूको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले समुदायका सदस्यहरूका समस्या र आवश्यकतालाई नजिकबाट बुझ्दै जीवनस्तर सुधार, संरक्षण र अवसर विस्तारका विषयमा चासो व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)