मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको घरझगडामा विचौलियाको प्रवेश ! तनावमा गगन

news24nepal.tv · Fri Nov 06 03:42:21 UTC 2026

काठमाडौं । गत वर्षको जेनजी आन्दोलनपछि पार्टीको विशेष महाधिवेशन गराएर पार्टी नेतृत्व हत्याएका गगन थापा पार्टीको नियमित १५ औं महाधिवेशनबाट पार्टी सभापति छन् । निर्वाचन आयोगदेखि अदालतबाट समेत वैधानिकता पाएर गएको संसदीय निर्वाचनमा भाग लिएको कांग्रेस यतिबेला गम्भीर विवादमा मुछिएको छ । यो विषय मंसिर २१ मा छुट्टै महाधिवेशनको तयारी गरेका इतर पक्षका लागि झनै ठूलो मसला बनेको छ ।

विशेष महाधिवेशनबाट नियमित महाधिवेशन हुँदै नेपाली कांग्रेसको नेतृत्वमा रहेका गगन थापा यतिबेला ठूलो विवादमा मुछिएका छन् । तत्कालिन विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिएको थियो । जसले गगन नेतृत्वलाई अस्वीकार गर्दै आएको इतर समूह निरिह भई गगनकै हातबाट टिकट लिएर निर्वाचनमा होमिएका थिए । परिणाम कांग्रेसको पोल्टामा आएन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)