मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज धनतेरस, सुनचाँदी र भाँडाकुँडा खरिद गर्ने परम्परा

kalakarmi.com · Fri Nov 06 03:54:02 UTC 2026

काठमाडौं- आज शुक्रवार धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली (तिहार) को सुरुवातका रूपमा लिइने धनतेरसका दिन विशेषगरी सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा र विभिन्न नयाँ सामग्री खरिद गर्ने परम्परा छ ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यस दिन खरिद गरिएका सामग्री घरमा राखेर विधिपूर्वक लक्ष्मी पूजा गर्दा माता लक्ष्मी प्रसन्न हुने र घरमा धनसम्पत्ति तथा समृद्धिको वास हुने जनविश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)