हिमाली जोखिम न्यूनीकरणका लागि एकीकृत पूर्वसूचना प्रणाली बनाउनुपर्ने निष्कर्ष
clickmandu.com · Fri Nov 06 03:52:12 UTC 2026

काठमाडौं । नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जलउत्पन्न विपद्, हिमनद ताल विस्फोटन बाढी र शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले जोड दिएका छन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बिहीबार आयोजना गरेको ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौतीहरू, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ परामर्श कार्यशालामा सहभागी विज्ञहरुले नेपालका हिमाली तथा पहाडी नदी बेसिनहरूमा बढ्दै गएका जटिल र शृङ्खलाबद्ध जलउत्पन्न जोखिमहरूलाई सम्बोधन गर्न एकीकृत पूर्वसूचना प्रणाली तथा दिर्घकालीन रणनीतिक कार्ययोजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)