मुख्य सामग्रीमा जानुहोस्

समाचार

Culture

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

ratopati.com · Fri Nov 06 04:15:30 UTC 2026

भोजपुर । पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् ।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले विगत दुई दशकदेखि कात्तिक, चैत र साउन महिनामा गाउँघर घुमेर रातको समयमा फेरी लगाउँदै आएका छन् । उनले एक महिनामा करिब २० देखि २५ दिनसम्म फेरी लगाउँदै गाउँबस्ती डुल्ने गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)