मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयो नूनको मूल्य प्रतिकिलो दुई सय

hamrakura.com · Fri Nov 06 00:00:00 UTC 2026

काठमाडौँ । सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट गाउँहरूमा भने प्रतिकिलो २०० रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता रहेको छ। सडक सञ्जालको पहुँच नपुग्दा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाहरूले दैनिक उपभोग्य वस्तु र नुन महँगो मूल्यमा खरिद गर्नुपरेको हो।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको खुद्रा मूल्य प्रतिप्याकेट २६ रुपैयाँ तोकेको भए पनि तिब्बत सीमावर्ती सामागाउँ, साम्दो, छुले र निले जस्ता विकट बस्तीहरूमा एक प्याकेट नुनको मूल्य १८० देखि २०० रुपैयाँसम्म पर्छ। त्यस्तै ल्हो र छेकम्पारमा १५० रुपैयाँ, बिही, प्रोक र चुम्लिङमा १०० देखि १७० रुपैयाँ र सडक पुगेको पाङसिङ तथा फिलिम आसपासमा ६० रुपैयाँसम्म पर्ने गरेको छ। तल्लो बजारबाट खच्चडमार्फत ३ देखि ४ दिनसम्म ढुवानी गर्दा प्रतिकिलो ३० देखि १०० रुपैयाँसम्म भाडा लाग्ने भएकाले नुनको मूल्य आकाशिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)