मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब विमानस्थलमा यात्रुले आगमन कक्षबाटै आफ्नो ब्यागेज हेर्न पाउने

kendrabindu.com · Fri Nov 06 04:23:54 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न पाउने भएका छन् । विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)