मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ह्विलचेयर नहुँदा जीवन कष्टकर

gorkhapatraonline.com · Fri Nov 06 04:32:31 UTC 2026

जुम्ला, कात्तिक २० गते । जुम्लाको तिला गाउँपालिका–१, रारागाउँका आठ वर्षीय बालक प्रकाश रावतको दैनिकी अन्य बालबालिकाको जस्तो सहज छैन । पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका कारण प्रकाश अन्य बालबालिका जस्तै विद्यालय जान, खेल्न र रमाउन सक्दैनन् । उनी घरभित्रै परिवारको सहारामा दिन बिताउन बाध्य छन् । उनी न बोल्न सक्छन्, न त आफैँ हिँडडुल गर्न नै । घरभित्रको एउटा कोठाबाट अर्को ठाउँमा जानसमेत उनलाई परिवारको सहयोग आवश्यक पर्छ ।

प्रकाशको यो कठिनाइलाई झनै बढाएको छ, ह्विलचेयरको अभावले । पाँच वर्षअघि आइएनएफ नेपालले उपलब्ध गराएको ह्विलचेयर अहिले बिग्रिएर प्रयोग गन नसकिने अवस्थामा पुगेको छ । नयाँ ह्विलचेयर नहुँदा प्रकाशको दैनिक जीवन थप कष्टकर बनेको उनका बुवा जग्गबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार प्रकाशलाई घरभित्र र बाहिर लैजान परिवारका कुनै एक सदस्यको सहयोग अनिवार्य पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)