रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो र भव्य’ सम्झौताको तयारी
kendrabindu.com · Fri Nov 06 04:38:09 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले ‘निकै ठूलो’ सम्झौताको तयारी भइरहेको बताएका छन् । ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिभसँग अनौपचारिक भेटवार्ता गरेपछि बिहीबार ट्रम्पले यस्तो बताएका हुन् ।
पत्रकारहरूसँग ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको र त्यसका लागि युरोपका सबै देशसमेत सहभागी हुन सक्ने बताए । “मैले के विषयमा कुरा गरेँ भनेर भन्न सक्दिनँ । तर, एउटा सम्झौता हुुँदै छ । त्यो निकै ठूलो हुनेछ,” उनले ओभल अफिसमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)