मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लयमा फर्किंदै तल्लो मुस्ताङको पर्यटन

gorkhapatraonline.com · Fri Nov 06 04:42:41 UTC 2026

मुक्तिनाथ (मुस्ताङ), कात्तिक १९ गते । प्राकृतिक विपत्तिका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किएको छ । रसुवा भोटेकोशी र कालीगण्डकीमा आएको बाढी र पछिल्ला दिनमा आएको हिमपात र वर्षाका कारण मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटक घटेका थिए । भदौदेखि स्वदेशी तथा विदेशीको चहलपहल न्यून रहेको मुस्ताङमा मङ्गलबार एकैदिन तीन हजार आठ सय पर्यटक प्रवेश गरेका छन् ।

कात्तिक पहिलो सातासम्म दैनिक दुई हजारभन्दा कम पर्यटक भित्रिने गरेका थिए । मौसममा आएको सुधार र सडक सञ्जालको सहजताले पर्यटन व्यवसाय चलायमान बन्न थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । रसुवा भोटेकोशीको बाढीपछि भारतीय पर्यटकको आगमन ह्वात्तै घटेको थियो । अब भने बिस्तारै बढ्दै गएका छन् । मुस्ताङमा प्रवेश गरेका पर्यटकमध्ये धेरै मुक्तिनाथ जाने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका प्रमुख दिनेश भुसालले भारतीय पर्यटकको आगमन बढेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)