विज्ञानले पनि तिहारलाई असल पर्व मान्छ
himalpress.com · Fri Nov 06 04:41:12 UTC 2026

नेपालमा दीपावली अर्थात् तिहार धार्मिक, सांस्कृतिक, सामाजिक तथा कृषि परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्व हो। भगवान् रामको अयोध्या आगमनको स्मरण, अन्धकारमाथि प्रकाश र अज्ञानमाथि ज्ञानको विजय, धनधान्यकी देवी लक्ष्मीको पूजा तथा सुख, शान्ति र समृद्धिको कामनाका लागि यो पर्व मनाइन्छ।
कृषि कर्ममा सहयोग गर्ने पशुपन्छीहरु काग, कुकुर, गाई र गोरुको पूजा गरेर मानिसले प्रकृति र पशुपन्छीप्रतिको सम्मान व्यक्त गर्छन् भने भाइटीका र देउसीभैलोले पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई बलियो बनाउँछन्। यसका साथै तिहारले मानिसलाई घर मात्र होइन, आफ्नो मन पनि स्वच्छ बनाउन, अज्ञान र नकारात्मकता त्याग्न तथा ज्ञान, विवेक, करुणा र सद्भावको प्रकाश फैलाउन प्रेरित गर्छ। यसरी तिहार धार्मिक आस्थाको पर्व मात्र नभई मानवीय सम्बन्ध, प्रकृतिप्रतिको सम्मान र जीवनमा सकारात्मक परिवर्तनको प्रतीक पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)