मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठनको तयारी

ratopati.com · Fri Nov 06 04:49:14 UTC 2026

काठमाडौँ । मधेसमा नयाँ सत्ता समीकरण बन्ने भएको छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपालसहितको गठबन्धनले नयाँ सरकार बनाउने तयारी भएको हो ।

नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ सत्ता समीकरण बनाउने विषयमा तीन दलबिच सहमति जुटिसकेको दाबी गरे । उनका अनुसार केन्द्रस्तरमै एमाले, जसपा नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । अब जसपा नेपालको नेतृत्वमा एमाले र नेकपा सहभागी सरकार बनाउने गरी गृहकार्य अघि बढेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)