मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक

kendrabindu.com · Fri Nov 06 04:56:57 UTC 2026

काठमाडौं । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ । बिहीबारदेखि बेइजिङमा सुरु सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो ।

मानिसजस्तै देखिने र समाचारवाचन गर्न सक्ने ती रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ । सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार क्षेत्रका सरोकारवाला सहभागी छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)