मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन दशक बैंकिङ क्षेत्रमा बिताएका प्रताप सुवेदीले सम्हाले नेप्सेको नेतृत्व

aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनले शुक्रबार औपचारिक रूपमा नेप्सेको नेतृत्व सम्हालेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार नेप्सेको सीईओमा नियुक्त भएका सुवेदीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका थिए ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव हासिल गरेका सुवेदी कृषि विकास बैंकका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत हुन् । उनले कृषि विकास बैंकमा विभिन्न विभाग तथा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)