मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारामा कोइला बोकेको ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

bishowkhabar.com · Fri Nov 06 05:02:26 UTC 2026

काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरनजिक कोइला बोकेको ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ हेटौँडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना।६ ख १४५८ नम्बरको ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)