मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व बैंकको सहयोगमा सडक निर्माण

reportersnepal.com · Fri Nov 06 05:14:52 UTC 2026

झापा, २० कात्तिक । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत विश्व बैंकको आर्थिक सहयोगमा विर्तामोड नगरपालिकाको वडा नं ६, ७ र ८ मा छ पक्की सडक निर्माण भएको छ ।

नगरको बुट्टाबारी बजारदेखि प्याकुरेल चोक जोड्ने उक्त सडकको निर्माणमा विश्व बैंकले रु ५८ करोड ८३ लाख ५९ हजार ५६५ सहयोग गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईँले बताए । सडकको लम्बाइ छ दशमलव २५ किलोमिटर र चौडाइ १२ मिटर रहेको उनले जानकारी दिए । आरपी समता जेभीले २०८० साल वैशाख २६ गते सडक निर्माणको कार्यारम्भ गरेको थियो । तोकिएकै अवधिमा निर्माण व्यवसायीले काम सम्पन्न गरेको हो । सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि कोशी प्रदेश सरकारसँग पहल भइरहेको नगरप्रमुख प्रसाईँले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)