क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
reportersnepal.com · Fri Nov 06 05:17:45 UTC 2026

म्याग्दी, २० कात्तिक । कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ ।
बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब रु पाँच करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)