मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

reportersnepal.com · Fri Nov 06 05:35:25 UTC 2026

२० कात्तिक । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो रु २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको रु नौ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट रु ६० देखि २०० सम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)