त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'लाइभ फिड' सेवा सुरु
canadanepal.com · Fri Nov 06 05:34:32 UTC 2026

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले 'लाइभ फिड' सेवा सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको आगमन कक्षमा रहेको लगेज संकलन क्षेत्रमा यो सेवा कार्यान्वयनमा ल्याइएको हो।
यो सेवा सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुहरूले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)