मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सिन्ह्वाद्वारा विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक

emountaintv.com · Fri Nov 06 05:46:20 UTC 2026

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ । बेइजिङमा बिहीबारदेखि शुरु भएको सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो । मानवजस्तै देखिने र समाचारवाचन गर्न सक्ने यी रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ । सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार क्षेत्रका सरोकारवालाहरू सहभागी भइरहेका छन् ।

Share this:

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)