देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने
gorkhapatraonline.com · Fri Nov 06 06:17:22 UTC 2026

मकवानपुर, कात्तिक २० गते । तिहार तथा छठपर्वका अवसरमा मकवानपुरमा देउसीभैलोलगायत सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको हो । चाडपर्व मनाउने क्रममा आफ्नो खुसी र मनोरञ्जनले छिमेकी, टोल, समुदाय तथा सार्वजनिक जीवनमा असर नपर्ने गरी गतिविधि सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)