सुनुवाइ समितिमा उजुरीकर्ताले भने– 'मेरो जग्गा खानेलाई सर्वोच्चको न्यायाधीश बनाउन मिल्दैन'
ratopati.com · Fri Nov 06 06:21:42 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीकर्ता टंकराज न्यौपानेले गम्भीर आरोप लगाएका छन् । समितिमा आफ्नो भनाइ राख्दै न्यौपानेले आफ्नो जग्गा गैरकानुनी रूपमा हडपेको दाबी गर्दै डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन नमिल्ने बताएका हुन् ।
संसदीय सुनुवाइ समितिमा बोल्दै उजुरीकर्ता न्यौपानेले भने, “मेरो जग्गा खानेलाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन मिल्दैन ।” उनले साधारण निवेदनका भरमा आफन्तहरूको नाम समावेश गरी जग्गा अधिग्रहण गरिएको आरोप लगाए । अधिग्रहण गरिएको भनिएको उक्त जग्गा नगर विकास समितिलाई पनि नदिएको र आफूहरूलाई पनि फिर्ता नगरी बेचेर खाएको उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)