इन्ट्राडेका लागि ब्रोकरको पुँजी २० करोड, रियल टाइममा मार्जिन पुनर्मूल्यांकन र स्वचालित ‘अटो स्क्वायर–अफ’
clickmandu.com · Fri Nov 06 06:21:31 UTC 2026

काठमाडौं । एउटै कारोबार दिनभित्र सेयर खरिद तथा बिक्री गरी कारोबार स्थिति राफसाफ गर्न सकिने ‘इन्ट्राडे’ कारोबारका लागि ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्ने भएको छ । नेपाली सेयर बजारमा ‘इन्ट्राडे’ कारोबार गर्नका लागि ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गर्न लागेको हो ।
कारोबार सत्र सकिनुअघि लगानीकर्ताले सेयर राफसाफ नगरे प्रणालीले आफैं खरिद वा बिक्री गरेर स्थिति शून्य (अटो स्क्वायर अफ) गरिदिने, वास्तविक समयमै मार्जिन पुनर्मूल्यांकन हुने र लगानीकर्ताको वित्तीय तथा बौद्धिक क्षमता परीक्षण गरेर मात्र कारोबार अनुमति दिनेजस्ता दूरगामी व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)