मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी बजारमा प्रविधि सेयरमा पहिरो जाँदा एसएन्डपी ५०० बाट एकै दिन ३० खर्ब डलर स्वाहा

clickmandu.com · Fri Nov 06 06:31:41 UTC 2026

एजेन्सी । अमेरिकाको सेयर बजार वालस्ट्रिटमा लामो समयदेखि चुलिएको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उत्साहमा बिहीबार ठूलो धक्का लागेको छ । एआई पूर्वाधार तथा डेटा सेन्टर विस्तारमा सुस्तता आउने र नियमन कडा हुनसक्ने चिन्ताका बीच प्रविधि कम्पनीहरूको सेयरमा व्यापक बिक्री चाप (सेलअफ) देखिँदा एसएन्डपी ५०० को बजार पूँजीकरणबाट करिब ३० खर्ब अमेरिकी डलर गुमेको छ ।

समाचार संस्था रोयटर्सका अनुसार, प्रविधि क्षेत्रको बाहुल्य रहेको नास्डक कम्पोजिट ५.४६ प्रतिशतले ओरालो लागेको छ । यो पछिल्लो १९ महिनायताकै सबैभन्दा ठूलो एकल–दिन गिरावट हो जसले गर्दा नास्डक परिसूचक करेक्सनको दायरामा प्रवेश गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)