कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ बिक्रीमा ल्याउने, सेबोनले दियो अनुमति
nepalpress.com · Fri Nov 06 06:35:17 UTC 2026

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । यस कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ बिक्रीमा ल्याउन अनुमति दिएको हो ।
सेबोनले विवरण पत्र प्रकाशन तथा शेयर निष्कासनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । स्वीकृति पाएसँगै कम्पनीले १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)