कस्तो रहला मेस्सी–रोनाल्डो बिनाको आगामी फुटबल ?
ratopati.com · Fri Nov 06 06:37:35 UTC 2026
काठमाडौँ । एक समय थियो, फुटबलका समर्थकहरू मेस्सी र रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहसमा विभाजित हुन्थे । कसैले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीको असाधारण ड्रिब्लिङ, पास र खेल बुझ्ने क्षमतालाई महान् मान्थे । कसैले पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोको शारीरिक क्षमता, गति, हेडिङ, गोल गर्ने जुनुन र अनुशासनलाई उत्कृष्टताको आधार बनाउँथे ।
तर, आज उनीहरूलाई एउटै समयमा मैदानमा हेर्न पाउने अवसर समाप्त हुँदै जाँदा एउटा प्रश्न महत्त्वपूर्ण बनेको छ– त्यो हो अब फुटबलका दर्शकमाझ यी दुई फुटबलरहरूको अभाव कस्तो खड्केला ? अनि कस्तो थियो यीबिचको प्रतिस्पर्धा ? किनकि यी दुवै चर्चित फुटबलरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)