शीतल निवास पुगेर सभामुखले भेटेर राष्ट्रपति
himalpress.com · Fri Nov 06 06:41:51 UTC 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
उनीहरूबीच संसद् अधिवेशन खुलाउनेबारे छलफल भएको स्रोतको दाबी छ। केही समयदेखि दुवै सदनको अधिवेशन अन्त्य भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत संसद् खुलाउन माग राख्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)