मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाइटीकाको तयारीमा बालगोपालेश्वर मन्दिर, रङरोगन गरिदैँ (तस्बिरहरु)

khabarhub.com · Fri Nov 06 06:44:49 UTC 2026

काठमाडौं – नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ। भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले बजेट विनियोजन गरी मन्दिरको रङरोगन तथा सरसफाइ सुरु गरेको हो। भाइटीकाका दिन मन्दिरमा आउने भक्तजनलाई सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण मिलाउने उद्देश्यले तयारी थालिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)