मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

khabarhub.com · Fri Nov 06 06:47:12 UTC 2026

गोरखा – बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको रु २० र भानु नुनको नौ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि रु २०० सम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)