मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा लुकेको क्षयरोग महामारी रोक्न अत्याधुनिक प्रविधि आवश्यक

ratopati.com · Fri Nov 06 06:46:41 UTC 2026

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा.ओजस्वी शेरचनले नेपालमा क्षयरोग (टीबी) को लुकेको महामारी नियन्त्रण गर्न आधुनिक प्रविधि र तत्काल स्क्रिनिङको आवश्यकता रहेको औँल्याएकी छन् ।

इन्डोनेसियाको बालीमा नोभेम्बर ३ देखि ५ सम्म आयोजित ‘एसिया–प्रशान्त क्षेत्रीय स्वास्थ्य तथा वित्त समितिका सभापतिहरूको बैठक’ मा सहभागी भई स्वदेश फर्किएपछि उनले यस्तो धारणा व्यक्त गरेकी उनको सचिवालयले जानकारी दिएको छ । बैठक ‘ग्लोबल टीबी ककस’ र ‘ग्लोबल हेल्थ ककस’ को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)