आज धनतेरस, के किन्दा हुन्छ लाभ, के किन्दा हुन्छ घाटा ?
clickmandu.com · Fri Nov 06 06:48:32 UTC 2026

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरू हुन लागेको छ । त्यस क्रममा आज ‘धनतेरस’ (धनत्रयोदशी) पर्व मनाइँदै छ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा नयाँ वस्तु, विशेषगरी धातुका भाँडाकुँडा, सुनचाँदी तथा गरगहना, कुचो किनेर घर भित्र्याउने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ।
आजको दिन खरिद गरिएका सामग्रीहरू घरमा राख्दा वर्षभरि धनधान्य, सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ। धनतेरसको अवसरमा आज बिहानैदेखि काठमाडौँको असन, इन्द्रचोक, न्यूरोडलगायत देशभरका प्रमुख बजारहरूमा सुनचाँदी र भाँडाकुँडा पसलहरूमा ग्राहकको बाक्लो चहलपहल देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)