राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
reportersnepal.com · Fri Nov 06 06:52:13 UTC 2026

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको हो ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्का गतिविधिबारे छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)