सहकारी ठगी आरोपी मन्त्री तामाङलाई जिम्मेवारी कहिले ?
ratopati.com · Fri Nov 06 06:51:52 UTC 2026

मकवानपुर । सहकारी ठगी आरोप खेपेका बागमती प्रदेशका मन्त्री ज्ञानबहादुर तामाङले हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । गत भदौ ४ मा मन्त्री नियुक्त भएका उनलाई मुख्यमन्त्री किरण थापा मगरले हालसम्म जिम्मेवारी तोकेका छैनन् ।
मुख्यमन्त्री थापाले मन्त्री नियुक्त भएको तीन महिनासम्म पनि मन्त्री तामाङको जिम्मेवारी नतोकेका हुन् । नव गठित सरकारमा मन्त्री बन्ने अवसर पाएका एमालेका मन्त्री तामाङमाथि सहकारी ठगी आरोप रहेको छ । एमालेबाट समानुपातिक सांसद बनेका तामाङलाई विना विभागीय मन्त्री बनाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)