मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नयाँ वर्षमा प्रदीप र पलको ‘उही तिम्रो’, कृषा चौलागाईँको निर्देशन

kalakarmi.com · Fri Nov 06 06:55:34 UTC 2026

काठमाडौं– केपी फिल्म्स तथा पुरुषोत्तम फिल्म्सले पुनः एक पटक लोकप्रिय अभिनेताद्वय प्रदीप खड्का तथा पल शाहलाई एउटै फिल्ममा अटाउने भएको छ । पल शाह तथा प्रदीप खड्कालाई लिएर कृषा चौलागाईं तथा विशाल चौलागाईंले बनाउन लागेको नयाँ फिल्म ‘उही तिम्रो’ को शुक्रवार पूजाआज गर्दै शुभ मुहूर्त गरिएको छ ।

यसअघि समेत मल्टिस्टारर फिल्म निर्माण गरेको यो टिमले यसपटक पुनः दुई लोकप्रिय अभिनेतालाई एकसाथ पर्दामा उतार्ने भएको हो । यी दुई अभिनेताको साथमा फिल्ममा ब्युटिफुल राईजिङ स्टार सिम्रन पन्त देखिने छिन् । योसंगै जुना विश्वकर्माले यही फिल्म मार्फत डेब्यु गर्दैछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)