मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प

nagariknews.nagariknetwork.com · Fri Nov 06 06:51:41 UTC 2026

कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो। यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो।

आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र औषधिका देवताका रूपमा पूजित भगवान् धन्वन्तरीलाई हिन्दू धर्मग्रन्थमा भगवान् विष्णुको अवतारका रूपमा वर्णन गरिएको छ। पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको थियो। प्रकृतिमा उपलब्ध जडीबुटी र औषधीय वनस्पतिका माध्यमबाट मानव जीवनलाई निरोगी बनाउने ज्ञानको प्रतीकका रूपमा उहाँलाई सम्मान गरिन्छ। वैदिक दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदलाई मानव स्वास्थ्य र दीर्घजीवनसँग सम्बन्धित प्राचीनतम् चिकित्सा विज्ञान मानिन्छ। यसले शरीर, मन र आत्माबीचको सन्तुलनलाई स्वस्थ जीवनको आधार मानेको छ। त्यसैले आयुर्वेद केबल रोग लागेपछि उपचार गर्ने पद्धति मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र दीर्घायु प्राप्त गर्ने समग्र विज्ञान हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)