सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किँदा आगलागी, दुई जना घाइते
ratopati.com · Fri Nov 06 07:08:49 UTC 2026

काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको उक्त दुर्घटनामा परी स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने दुर्घटनापछि भएको आगलागीबाट ट्रकमा रहेको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।
काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’ को सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर आपसमा ठोक्किएपछि ट्रकमा आगो लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)