विदेशी खेलाडीको सहभागिताले बौद्ध कपमा थपियो रौनक
gorkhapatraonline.com · Fri Nov 06 07:14:18 UTC 2026
म्याग्दी सदरमुकाम बेनीमा जारी चौथो बौद्ध कप खुला फुटबल प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा विदेशी खेलाडीको सहभागिताले रौनक थपिएको छ । एउटै मैदानमा विभिन्न स्तरका खेलाडीको खेल कौशल हेर्न पाउँदा दर्शकसमेत उत्साहित भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन कालीपुल युनाइटेडका तर्फबाट अफ्रिकी मुलुकका दुई खेलाडी मैदानमा उत्रिएका थिए । आयोजकका अनुसार प्रतियोगितामा अन्य दुई क्लबले पनि विदेशी खेलाडी सहभागी गराउने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)